Education
»
गोरखामा बिसिजी र एमआर खोप अभाव
गोरखामा बिसिजी र एमआर खोप अभाव
गोरखामा जिल्ला अस्पताल सहित सबै खोप केन्द्रहरुमा बिसिजी र एमआर खोप अभाव भएको छ । सरकारले बोलपत्र आह्वान मार्फत खोप खरिद कार्य समयमा गर्न नसक्दा गोरखाका २५८ खोप केन्द्रमा क्षयरोग विरुद्धको बिसिजी र रुबेला दादुरा विरुद्धको एमआर खोप अभाव भएको हो । गत मंसिर १५ बाट बिसिजी र पुस पहिलो साताबाट एमआर खोपको अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार मासिक २२० भाइल खोप आवश्यक पर्दछ । बिसिजी खोप एक भाइलमा २० डोज र एमआर खोप एक भाइलमा १० डोज हुने गर्दछ । बिसिजी खोप जन्मदेख १ वर्ष भित्र र एमआर खोप जन्मिएको ९ महिना पूरा भए पछि लगाउनु पर्दछ ।
Labels:
Education
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments