Technology
»
ग्रुप च्याट सुविधा अव टियुटरमा पनि
ग्रुप च्याट सुविधा अव टियुटरमा पनि
काठमाण्डौं ,१७ माघ । इन्टरनेटमा सामाजिक सञ्जाल जस्तै अर्काे लोकप्रिय सञ्जाल टियुटरले पनि ग्रुपच्याट र भिडियो शेयर सुविधा प्रदान गर्ने भएको छ ।
एक ग्रुप च्याटमा २० जना सम्म सहभागी हुन सक्ने गरी ग्रुप च्याट सुविधा शुरु गरेको हो । टियुटरका डाइरेक्टर जिनेन कमडरले दिएको जानकारी अनुसार ग्रुप च्याट सहित थप सुविधामा अव फ्लोअ गरिएको वा नगरेको भएता पनि कुनै फ्लोअर संग च्याट गर्न सकिने छ । टियुटर मार्फत ३० सेकेण्ड सम्मको भिडियो पनि शेयर गर्न मिल्ने सुविधा उपलब्ध भएको छ । स्मार्ट फोनमा भिडियो खिच्ने ,सम्पादन गर्ने र शेयर गर्न मिल्ने फिचर समेत राखिएको छ ।
Labels:
Technology
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments