काठमाण्डौं ,१७ माघ । फिल्म प्रचारका लागि
यसको मेकिङ भिडियो
पनि राम्रो बिषय
बन्ने गरेको छ
। फिल्म मेकिङको भिडियोले दर्शकलाई अझ
उत्सुकता थप्ने काम
गर्दछ ।सुरज सुब्बा
नाल्बोको निर्देशनमा बनेको
फिल्म 'वन वे'को मेकिङ
भिडियो तयार पारिएको छ
।
काठमाण्डौको स्टार
मलमा ३ वटा
क्यामेरा लगाएर खिचिएको मेकिङ
भिडियो आकर्षक छ
।भिडियोमा फिल्मका मुख्य
कलाकार करिश्मा मानन्धर र
रविन तामाङ आकर्षणमा छन्
। फागुन १
गतेबाट चल्ने यो
फिल्ममा नव कलाकार
माला लिम्बु र
सिद्धार्थ गुरुङ मुख्य
भूमिकामा छन् ।फिल्मलाई राजकुमार राईले
निर्माण गरेका हुन्
। ३ वटा
क्यामेराले एकसाथ फिल्म
खिच्दा कलाकारलाई सजिलो
भएको निर्देशक नाल्बोले बताए
। प्राविधीकहरुलाई लाइट
मिलाउन गाह्रो भएपनि
कलाकारलाई भने एक
पटक भन्दा बढी
संवाद बोल्नु नपरेकाले सजिलो
भएको उनको भनाई
छ । आगामी
फागुन १ गते
चलचित्र रिलिज गर्ने
लक्ष्य राखिएको वन
वे निर्माण पक्षले
जनाएको छ ।
Labels:
Entertainment
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments