चलचित्र “वन वे”को मेकिङ्ग भिडियो तयार
Published Date :- January 31, 2015  On  |

काठमाण्डौं ,१७ माघ । फिल्म प्रचारका लागि यसको मेकिङ भिडियो पनि राम्रो बिषय बन्ने गरेको छ । फिल्म मेकिङको भिडियोले दर्शकलाई अझ उत्सुकता थप्ने काम गर्दछ ।सुरज सुब्बा नाल्बोको निर्देशनमा बनेको फिल्म 'वन वे'को मेकिङ भिडियो तयार पारिएको छ ।  




काठमाण्डौको स्टार मलमा ३ वटा क्यामेरा लगाएर खिचिएको मेकिङ भिडियो आकर्षक छ ।भिडियोमा फिल्मका मुख्य कलाकार करिश्मा मानन्धर र रविन तामाङ आकर्षणमा छन् । फागुन १ गतेबाट चल्ने यो फिल्ममा नव कलाकार माला लिम्बु र सिद्धार्थ गुरुङ मुख्य भूमिकामा छन् ।फिल्मलाई राजकुमार राईले निर्माण गरेका हुन् । ३ वटा क्यामेराले एकसाथ फिल्म खिच्दा कलाकारलाई सजिलो भएको निर्देशक नाल्बोले बताए । प्राविधीकहरुलाई लाइट मिलाउन गाह्रो भएपनि कलाकारलाई भने एक पटक भन्दा बढी संवाद बोल्नु नपरेकाले सजिलो भएको उनको भनाई छ । आगामी फागुन १ गते चलचित्र रिलिज गर्ने लक्ष्य राखिएको वन वे निर्माण पक्षले जनाएको छ ।

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....