Education
»
वल्ड क्यापिटलको वार्षिकोत्सव
वल्ड क्यापिटलको वार्षिकोत्सव
गोरखा ,१५ माघ । दि वल्ड क्यापिटल उच्च माध्यामिक विद्यालय रानीबन गोरखाको १९ औ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह दिवस सम्पन्न भएको छ । जिल्ला शिक्षा अधिकारी हरि अर्यालको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम अर्यालको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जनक केसीले विद्यालयको वाषिृक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्याव्सन गोरखाका अध्यक्ष सिताराम तिवारी, अभिभावको तर्फबाट माधव तिवारी, कृष्ण ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा २०७० सालको वार्षिक परीक्षामा कक्षा नर्सरी देखि कक्षा १२ सम्मका प्रथम दितीय र तृतीय हुने विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको थियो भने वार्षिक खेलकुद कार्यक्रममा विजयी हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएकोथियो । कार्यक्रममा लोक गीत, नृत्य नाटक प्रस्तुत गरिएको थियो ।

Labels:
Education
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments