द्रव्यशाहलाई स्थानीयकरण विधिबाटै चलाउनु पर्छ – चार दल
Published Date :- January 29, 2015  On  |

गोरखा,१५ माघ । गोरखाका ४ राजनितिक दलले द्रव्यशाह बहुमुखी क्याम्पस सभा गठनका क्रममा सबै वर्ग ,क्षेत्र र समुदायलाई अनिवार्य प्रतिनिधित्व गराउनुपर्ने माग गरेको छ । एमाले ,एकीकृत माओवादी ,नेकपा माओवादी र संघीय समाजवादी पार्टीले कार्यन्वयनका लागि १० बुदें पत्र सञ्चालक समिति पत्र क्याम्पस सञ्चालक समितिका अध्यक्ष लाई बुझाएको छ ।
 एमाले कार्यवाहक अध्यक्ष विश्वेश्वर कट्टेल ,एकीकृत माओवादी अध्यक्ष लेख बहादुर थापा , नेकपा माओवादीका सह–सेक्रेटरी नारायण अधिकारी र संघीय समाजवादी पार्टीका सुकदेव तामाङद्वारा हस्ताक्षरित पत्रमा क्याम्पसलाई निजीकरण नभई स्थानीयकरणकै विधिबाट सञ्चालन गरिनुपर्ने ,जिल्लामा क्रियाशील राजनितिक दललाई क्याम्पस सभा वा सञ्चालक समितिमा पदेन सदस्यमा कायम गर्ने व्यवस्था गर्नुपर्ने ,क्याम्पस सञ्चालक समितिका अध्यक्ष संस्थापक सदस्यहरु बाटै चयन गरिनुपर्ने ,क्याम्पसलाई नगद ५ हजार रुपियाँ प्रदान गर्ने लाई १ सदस्य कायम गर्नुपर्ने लगायतका बुँदाहरु पत्रमा राखिएको छ ।  क्याम्पसले गलत निर्णय गरेमा त्यसबाट उत्पन्न परिस्थिती जिम्मेवारी क्याम्पस व्यवस्थापन तथा प्रशासनले नै लिनुपर्ने चेतावनी समेत पत्रमा उल्लेख छ ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....