दुवै यातायत समितिको अडान यथावत ,विवाद मिलाउन महासंघ जाने
Published Date :- February 11, 2015  On  |

गोरखा , २८ माघ । यातायत सञ्चालन र रुटका विषयमा उत्पन्न विवाद मिलानका लागि यातायत व्यवसायी समिति गोरखा र पृथ्वीराजमार्ग बस सञ्चालक समिति दुवै नेपाल यातायत व्यवसायी महासंघ जाने भएको छ । गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धवराज तिमल्सीना ,प्रहरी नायब उपरीक्षक रमेश थापाको उपस्थितीमा पृथ्वीराजमार्ग बस सञ्चालक समिति र यातायत व्यवसायी समितिका पदाधिकारी बीच जिल्ला प्रशासन कार्यालय गोरखामा भएको छलफलमा आगामी साता विवादका विषयमा यातायत व्यवसायी महासघमा छलफल चलाउने सहमति भएको छ । पृथ्वीराजमार्ग बस सञ्चालक समितिले महासंघको निर्णय विपरित केही माइक्रो र डिलक्स बस गोरखा ल्याएको भन्दै यातायत व्यवसायी समितिले छेके पछि विवाद उत्पन्न भएको थियो । विवादका विषयमा पृथ्वीराजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्र केसी यातायत व्यवसायी समिति गोरखाका यातायतका साधनलाई जहाँ पनि जान दिने तर आफूहरुले पनि गोरखामा बिना रोकावट सेवा प्रदान गर्न पाउनुपर्ने तर्क गर्नु हुन्छ । तर यातायत व्यवसायी समिति गोरखाका अध्यक्ष नारायण खत्रीले भने विवाद महासंघ समक्ष भएको सहमति पृथ्वीराजमार्ग बस सञ्चालक समितिले उल्लंघन गरेको कारण विवाद उत्पन्न भएको दाबी गर्दै आफूहरुले यात्रुहरु सेवा दिनका लागि गोरखामा डिलक्स बस सञ्चालनमा ल्याएको बताउनुहुन्छ ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....