Business
»
सरकारले सार्वजनिक यातायतको भाडादर घटायो
सरकारले सार्वजनिक यातायतको भाडादर घटायो
काठमाण्डौं ,२७ माघ । पेट्रोलियम पदार्थको मूल्य लगातार घटेपछि सरकारले सार्वजनिक सवारी साधानको भाडादरमा पनि सामान्य कटौति गरेको छ । यातायात
व्यवस्था विभागले मंगलबार पेट्रोलियन पदार्थमा मूल्य घटेपछि सावारी
साधानको भाडा घटाएको हो ।विभागका अनुसार यात्रुबहाक सवारी साधानमा २ दशमलव
शुन्य तीन प्रतिशत घटेको छ । यस्तै मालवहाक साधानमा तराईमा पाँच दशमलब दुई
आठ प्रतिशत र पहाडमा चार दशमलव तीन सात प्रतिशत भाडा घटेको छ । यस्तै
ट्याक्सी र पर्यटक गाडीमा एक दशमलव छ दुई प्रतिशत भाडा दर घटेको छ ।भाडादर
घटेपछि अब काठमाडौं उपत्यकामा न्यूनतम १३ रुपैयाँ देखि अधिकतम २५
रुपैयाँसम्म भाडादर लागू हुनेछ । यसअघि मंगलबार संसदको विकास समितिले पनि
भाडा समायोजन गर्न निर्देशन दिएको थियो ।
Labels:
Business
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments