लाठी देखाएर संविधान निर्माण हुन्न – उपसभापति पौडेल
गोरखा,१४ फागुन । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले जनमत विपरित एकीकृत माओवादीले लाठी देखाएर संविधानसभालाई धम्काउन खोजेको तर्क गर्नुभएको छ ।
गणेशमान बलिदान अभियान अन्र्तगत गोरखाको पालुङटारमा बिहीवार आयोजित आमसभालाई सम्वोधनका क्रममा उपसभापति पौडेलले जनता संग गरेको वाचा अनुसार नेपाली कांग्रेस संविधान निर्माण कार्य प्रति प्रतिबद्ध रहेको प्रसङ्ग उल्लेख गर्दै लोकतन्त्रमा धम्की र लाठीको कुनै अर्थ नरहने दाबी गर्नुभयो । सोही कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य गगन थापाले अहिलेको आवश्यकता संविधान निर्माण भएकोले वार्ता सहमतिको खोजी गरेर संविधान निर्माणमा लाग्नुपर्ने कुरामा जोड दिनुभयो । आमसभामा कांग्रेस केन्द्रीय सदस्यहरु सुरेन्द्रराज पाण्डे ,धनराज गुरुङ्ग ,कमला पन्त ,शंकर भण्डारी ,संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ ,कांग्रेस गोरखाका सभापति हरि बहादुर घले र उपसभापति मोहनप्रकाश पोखरेल लगायतले बोल्नुभएको थियो ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments