एमालेद्वारा सात जेष्ठ नागरिकको अभिनन्दन
Published Date :- February 28, 2015  On  |

गोरखा , १६ फागुन । एमाले गाउं पार्टी कमिटि खोप्लाङ्गले पार्टीमा आवद्ध भएर योगदान पु¥याएवापत ७ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।एमालेले खोप्लाङ्गमा आयोजना गरेको एक भेला बीच स्थानीय ८० देखि ९५ वर्ष सम्मका ७ जना जेष्ठ नागरिक सम्मान गरेको हो । सम्मानित हुनेहरुमा स्थानीय जगनारायण श्रेष्ठ , पूर्ण बहादुर लामा , चित्र बहादुर गुरुङ्ग ,फुत बहादुर थापा , केश बिलास पोखरेल ,श्रीमा लामा र फूलमाया लामा हुनुहुन्छ । एमाले गोरखाका कार्यवाहक अध्यक्ष विशेश्वर कट्टेलको प्रमुख आतिथ्यता र प्रदिप ढकालको सभापतित्व भएको सो कार्यक्रममा एमाले कार्यवाहक अध्यक्ष विशेश्वर कट्टेलले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....