आयोडिनको अन्तरक्रिया
Published Date :- February 28, 2015  On  |

गोरखा , १६ फागुन । सुआहाराको सहयोग तथा जिल्ला स्वास्थ्य कार्यालय गोरखाको आयोजना आयोडिन प्रर्बधन सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । फ्रेबअरी महिनालाई आयोडिन महिनाको रुपमा मनाउने निर्णय अनुरुप अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा आयोडिनको महत्व बारे जिल्ला स्वास्थ्य कार्यलयका नवराज खड्का र सुआहारले सञ्चालन गरेको आयोडिन प्रर्बधन गतिविधि बारे सुआहारा पद्धति विकास सेवा केन्द्रका योगेन्द्र गान्धारीले सहकीकरण गर्नुभएको थियो ।

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....