सिप सिकाएर महिला लाई आत्मनिर्भर बनाउंदै नगरपालिका
गोरखा , १४ । फागुन गोरखा नगरपालिकाले महिलाहरु लाई सीप सिकाएर आत्मनिर्भर बनाउने अभियान शुरु गरेको छ ।
सानै लगानीमा समेत आयआर्जन हुने प्रकृतिका सीप सिकाउनका लागि नगरपालिका विभिन्न प्रकारको तालिमहरु आयोजना गर्न थालेको छ । गोरखा नगरपािलकाको विभिन्न वडाहरुमा भिन्न भिन्न प्रकृतिको सीप विकासका तालिमहरु आयोजना गरेर ,विभिन्न टोलसुधार संस्थाबाट सहभागी गराउने गरेको हो ।
सीप विकास तालिमबाट सहभागीहरुले सीप सिकेर आत्मनिर्भर बन्न सक्ने भएकोले सीप विकास तालिम सञ्चालनमा विशेष प्राथमिकता दिएको गोरखा नगरपालिकाका कार्यकारी अधिकृत चन्द्रा थापामगरले बताउँनुभयो । गोरखा नगरपालिकाले मुढा बनाउने ,इम्ब्रोडरी र क्रिष्टल डिजाइनिङ्ग तालिम सम्पन्न गरिसकेको छ । हालै मात्र वडा नं १ मा पर्ने १० वटा टोलसुधार संस्थाका ६० जना महिलालाई नगरपालिकाले क्रिष्टल डिजाइन तालिम दिएको छ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments