मनकामनामा वातावरणमैत्री स्थानीय शासनको अनुशिक्षण
गोरखा,१५ फागुन । गोरखाको मनकामनामा वातावरणमैत्री स्थानीय शासन सम्वन्धी एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
मनकामना नमुना गाविसको कार्यालयको आयोजना तथा गोरखा उद्योग वाणिज्य संघ मनकामना इकाइ र फोहोर मैला व्यवस्थापन समितिको सहआयोजनामा शुक्रवार सो एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो । वातावरण सम्वन्धी सो अनुशिक्षण कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव चक्रपाणी शर्माले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा मनकामना गाविस अन्र्तगतका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था ,महिला समूह ,क्लबका प्रतिनिधिहरुको सहभागीता रहेको मनकामना नमुना गाविसका सचिव नारायण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments