प्रभु बैंकको शाखा गोरखामा पनि
Published Date :- March 1, 2015  On  |

गोरखा ,१७ फागुन । प्रभु विकास बैंक लिमिटेडले गोरखामा पनि आफ्नो शाखा विस्ता गरेको छ । देशभरमा १ सय १२ औं शाखाका रुपमा प्रभुले गोरखा सदरमुकाममा शाखा विस्तार गरेको हो ।
 प्रभु बैंक गोरखा शाखाको आइतवार एक समारोह बीच नेपाल राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशक एवं बैकिङ्गविद् भाष्करमणि ज्ञवालीले उद्घाटन गर्नुभयो । यसअघि नै गोरखामा सरकारी स्वामित्वमा राष्ट्रिय वाणिज्य बैंक ,कृषि विकास बैंक र निजी तर्फ नबिल बैंक , एभरेष्ट बैंक ,प्राइम बैंक ,हिमालयन बैंक , क्लिन इनर्जी ,गण्डकी विकास बैंक , मनास्लु र कसमस विकास बैंकले कार्यालय स्थापना गरेर बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....