अस्पताल आएका ३ बिरामीमा स्वाइन फ्लूको आशङ्का
Published Date :- March 1, 2015  On  |

गोरखा ,१७ फागुन । गोरखा अस्पताल ल्याइएको ३ बिरामीमा स्वाइन फ्लूको आशङ्क गरेको छ । गोरखाको विरेन्चोक स्थित रत्नराज्य उच्च माविका ३ छात्रामा अस्पतालका स्वास्थ्यकर्मीले स्वाइन फ्लु संक्रमणको आशङ्का गरेको छ ।
बिरामी परे पछि आइतवार उपचारका लागि ३ जना छात्रामा यस्ता आशङ्का गरेको हो । बिरामी छात्राहरुमा १५ देखि १७ वर्ष सम्मका रहेका छन । विद्यालयमा पढ्ने एक दर्जन विद्यार्थी एकैपटक बिरामी परे पछि जिल्ला शिक्षा कार्यालयलाई जानकारी गराएर आइतवार देखि विद्यालय बन्द गरेको विद्यालयका प्राचार्य ध्रुब श्रेष्ठले जानकारी दिनुभयो ।बिरामी ३ जनामा रुघा खोकी ,पेट दुःख्ने ,टाउको दुःख्ने र खान मन नलाग्ने लक्षण देखिएको तर अस्पतालमा परिक्षण ल्याब नभएकोले थप परिक्षण र उपचारको परामर्श दिएर डिस्र्चाज गरेको गोरखा अस्पतालले जनाएको छ । अस्पतालले ३ जना बिरामीको नाम गोप्य राखेको छ ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....