रक्सीले मातेकाको चिसोले मृत्यु
Published Date :- March 2, 2015  On  |

गोरखा ,१८ फागुन । लगातार परेको वर्षा पछि बढेको चिसोका कारण गोरखामा एकजनाको मृत्यु भएको छ । रानीस्वारां उपस्वाथ्यचौकीमा कार्यरत पियन गोरखा नगरपालिका वडा नं ४ बस्नेत ४२ वर्षीय तिलबहादुर बस्नेतको आइतवार राती मृत्यु भएको हो । बाटोमा आज बिहान मृत भेटिए स्थानीयले प्रहरीलाई जानकारी दिएको थियो । मादक पदार्थ सेवन गरेका बस्नेत बाटोमा सुतेको र रातभरको चिसोको कारण मृत्यु भएको हुन सक्ने स्थानीयको भनाई लाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....