उत्तरी गोरखामा हिमपात ,पर्यटक फिर्ता
Published Date :- March 2, 2015  On  |

गोरखा , १८ फागुन । वर्षा संगै गोरखाका उत्तरी दुर्गम गाविसहरुमा हिमपात भए जनजीवन कष्टकर बनेको छ । हिमपातका कारण मनास्लु पदमार्ग हुदै मनाङ्ग जान लागेका पर्यटकहरु फर्किएका छन । 
गोरखाको ल्हो ,विही ,प्रोक ,चुम्चेत ,छेकम्पार र सामागाउंमा हिमपात भए पछि उक्त क्षेत्रमा सञ्चालित भिस्याट प्रविधिको टेलिफोन सेवा समेत अवरुद्ध भएको छ । हिमपातका कारण पर्यटकको ४ वटा समूह फर्किएको चुम्चेतका शेराप लामाले जानकारी दिनुभयो ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....