चितवनमा भेटियो गोरखाका एक स्वाइन फ्लूको बिरामी
Published Date :- March 2, 2015  On  |

गोरखा ,१८ फागुन । परीक्षण पछि चितवनमा पत्ता लागेका स्वाइन फ्लूका थप दुई बिराम मध्ये एकजना गोरखाको रहेको सार्वजनिक भएको छ । जिल्ला जनस्वाथ्य कार्यालयका अनुसार उपचार गर्न आएका गोरखा र नवलपरासीका २ जनामा इन्फुल्न्जा ए एचवान एनवानको संक्रमण देखा परेको हो । बुधवार भरतपुर अस्पतालबाट १४ जना विरामीको घाँटिको र्‍याल परिक्षणका लागि राष्ट्रिय जनस्वाथ्य प्रयोगशाला टेकु काठमाडौं पठाइएको थियो । ती मध्ये २ जना विरामीमा स्वाईनफ्लु देखा परेको जनस्वाथ्य कार्यालयका भेक्टर कन्ट्रोल निरिक्षक राम केसी लाई उदृत गर्दै इकान्तीपुर अनलाइनले सोमवार समाचार प्रकाशन गरेको छ । यस अघि चितवनका ३ र नवलपरासीका १ जना विरामीमा स्वाईनफ्लु फेला परेको थियो । विरामीको अबस्था सामान्य रहेको चिकित्सकले बताए ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....