सहमति पहिलो प्राथमिकता भएको एमाले सचिव गुरुङ्गको भनाई
गोरखा , २६ फागुन । एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ्गले संविधान निर्माणमा सहमति पहिलो प्राथमिकता भएको बताँउनुभएको छ ।
गोरखामा मंगलवार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा संविधान निर्माणमा सहमति पहिलो प्राथमिकता भए पनि सहमतिको नाममा राष्ट्रियता र सामाजिक सद्भाव विपरितका विषयमा सम्झौता गर्न नसकिने तर्क गर्नुभयो । अहिले संविधान बनाउने बेला भएकाले एमाले कुर्सी खेलमा नलाग्ने पनि एमाले सचिव गुरुङ्ग भनाई छ । सहमतिको नाममा संविधान बनाउने खेल भइरहेको प्रसङ्ग उल्लेख गर्दै एमाले नेता पृथ्वीसुब्बा गुरुङ्ग प्रक्रियामा गएर भए पनि संविधान जारी गर्ने तर्क गर्नुभयो ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments