कृषि सरोकार बारे अन्तरक्रिया सम्पन्न
Published Date :- March 10, 2015  On  |

गोरखा ,२६ माघ । हाम्रो कृषि हाम्रो सरोकार विषयक एक दिने अन्तरक्रिया सम्पन्न मंगलवार गोरखामा सम्पन्न भएको छ । फरेष्ट एक्सन नेपालको सहयोग तथा तुलसी मेहेर युनेस्को क्लब गोरखाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा कृषि व्यवसायीकरण तथा आधुनिकीकरणका विषयमा फरेष्ट एक्सन नेपालका कार्यक्रम संयोजक कमल भण्डारी र कृषि सुचना र समाचारका विषयमा नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष भीमलाल श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । गोरखाको वक्राङ ,ताङलीचोक,घैरुङ्ग ,बुंकोट गाविस र फिनामका किसानहरुको सहभागीता रहेको सो अन्तरक्रियामा जिल्ला स्थित राजनितिक दल ,विषयगत कार्यलयका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....