महिला शसक्तिकरण तालिम सम्पन्न
Published Date :- March 17, 2015  On  |


गोरखा ,३ चैत । गोरखा नगरपालिकाको आयोजनामा ३ दिने महिला शसक्तिकरण तालिम सम्पन्न भएको छ । गोरखा वडा नं ३ का महिला समूह ,टोल सुधार संस्थाबाट ३८ जना महिलाहरुको सहभागीता रहेकोप सो तालिममा नेतृत्व विकास ,सञ्चार ,बचत ,संस्था व्यवस्थापन ,जेण्डर , प्रस्ताव लेखन लगायतका विविध विषयमा तालिम दिइएको थियो । 



तालिम संयोजक बिना श्रेष्ठको सभापतित्वमा भएको तालिम समापन कार्यक्रममा राजनितिक नगर परामर्श समितिका तर्फबाट नेपाली कांग्रेसका राजनराज पन्त ,एमालेका सानुमाया बस्नेत ,एकीकृत माओवादीका कृष्ण राना ,नेपाल पत्रकार महासंघका भीमलाल श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....