नगर विकास समितिमा आचार्य
गोरखा , ३ चैत । पृथ्वीनारायण नगर विकास समितिको अध्यक्ष रामशरण आचार्य मनोनित हुनुभएको छ । नेपाल सरकारको चैत १ गतेको मन्त्रीस्तर निर्णय अनुसार पृथ्वीनारायण नगर समितिको अध्यक्षमा गोरखा नगरपालिका वडा नं २ निवासी आचार्य लाई नियुक्त हुनुभएको हो ।
लामो समय देखि पत्रकारितामा आवद्ध रहनुभएका नगर विकास समितिका अध्यक्ष आचार्य नेपाल रेडक्रस सोसाइटी लगायत विभिन्न संघसंस्थामा आवद्ध हुनुहुन्छ । पत्रकार भेटघाटको कार्यक्रमको आयोजना गरेर नगर विकास समितिका अध्यक्ष रामशरण आचार्य नगरपालिकाको नाम परिवर्तन भएर गोरखा नगरपालिका भइसकेको तर समितिको नाम पुरानै रहेको र नगरपालिकाको क्षेत्र विस्तार भइसक्दा पनि पुरानै भूगोलमा आधारित भएको हुनाले अव योजना निर्माण कठिनाई रहेको जानकारी दिनुभयो । नगरविकास समिति अध्यक्ष बाहेक जिल्ला प्रशासन ,जिल्ला विकास समिति ,वन ,मालपोत ,खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ,नापी ,भवन तथा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु पदेन सदस्य रहने र राष्ट्रिय मान्यता प्राप्त दलका प्रतिनिधि तथा अन्य केही सदस्यहरु मनोनित गर्नुपर्ने प्रावधान रहेको छ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments