जुम्ला बस दुर्घटनामा मृतकको संख्या १८
जुम्ला ,२ चैत । जुम्लाको रारालिहीमा सोमबार विहान यात्रुबस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । मृत्यु हुनेहरुमा ,जुम्लाको महादै पाथरखोला –७ का जितेन्द्र अधिकारी (१४),कालिकोटको फोइमहादेव–४ का कालिबहादुर बुढा (५५),कालिकोटको फोइमहादेव–४ का रेसम बुढा (५०)कालिकोटको फोइमहादेव–४ का हर्क बुढा (२५),जुम्लाको कालिकाखेतु–९ रतनबहादुर शाही (३५),जुम्लाको सनीगाउँ–८ का गाडी चालक सागर बुढा (२५),जुम्लाको नराकोट–६ का राजबहादुर बुढा (२६),जुम्लाका सनीगाँउ–२ का लालविरे शाही (५२),जुम्लाको बड्की–९ की पम्फा देवी रावत (४०),जुम्लाको बड्की–९ का पुष्पराज आचार्य (२०),जुम्लाको बड्की–९ मन बिजु रोकाया (१६),जुम्लाको तातोपानी–४ का सहचालक रण कामी (१७),जुम्लाको कालिकाखेतु–१ की धनलक्ष्मी न्यौपाने (२०),जुम्लाको सनीगाउँ–५ की रती रोकाया (४२),जुम्लाकोसनीगाउँ–२ का विजय शाही (६)र जुम्लाको महादै पाथरखोला–९ की नाम नखुलेका ९ महिने बालिका छन् ।दुर्घटनामा परी गम्भीर घाइते सनीगाउँ–५ जुम्लाका हिमाली रोकाया, शिवकली रोकाया र चन्दननाथ नगरपालीका निचागाँउ जुम्लाका कलविर नेपालीलाई हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको छ ।जुम्लाबाट कालिकोटका लागि छुटेको ना ४ ख ४९७० नम्बरको गाडी जुम्लाको रारालिही–१ काटकुडेनीमा सोमबार बिहान दुर्घटना भएको हो ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments