गोरखामा एसएलसीको पच्चीस परीक्षा केन्द्र
Published Date :- March 15, 2015  On  |

गोरखा , १ चैत । एसएलसी परीक्षा २०७१ का लागि गोरखामा २५ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । यही चैत ५ बाट शुरु हुने यस वर्षको एसएलसी परीक्षामा नियमित तर्फ ४ हजार  ६ सय ४७ र एक्जाम्टेड तर्फ ६ सय ९५ गरी कूल ५ हजार ३ सय ४२ जना विद्यार्थीहरु सहभागी हुने जिल्ला शिक्षा कार्यलय गोरखाले जनाएको छ ।
 एसएलसी परीक्षामा गोरखाका नियमित तर्फ एकसय ७ सामुदायिक र ६ संस्थागत विद्यालय गरी एकसय १३ र एक्जाम्टेड तर्फ ९२ सामुदायिक र १ संस्थागत गरी ९३ विद्यालयका विद्यार्थीहरुले परीक्षा दिने भएको छ । परीक्षाका लागि २५ केन्द्राध्यक्ष ,२५ सहायक केन्द्राध्यक्ष र २ सय १९ जना  निरीक्षक परिचालन गरिने गोरखाका जिल्ला शिक्षा अधिकारी हरि प्रसाद अर्यालले जानकारी दिनुभयो । जिल्ला शिक्षा अधिकारी अर्यालका अनुसार यसवर्षका परीक्षामा गोरखाबाट ११ जना बहिरा र १ जना दृष्टिविहीन विद्यार्थीले पनि परीक्षा दिनेछन ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....