गोरखा सुनचाँदी व्यवसायीमा कृष्ण
Published Date :- March 15, 2015  On  |

गोरखा ,१ चैत । गोरखा सुनचाँदी व्यवसायी संघको प्रथम अधिवेशनबाट अध्यक्षतामा कृष्ण बहादुर विश्वकर्मा सर्वसम्मत चयन हुनुभएको छ । अधिवेशनले उपाध्यक्षमा पर्व बहादुर विश्वकर्मा ,सचिवमा टेक बहादुर विश्वकर्मा ,सहसचिवमा सञ्जय सुनार ,कोषाध्यक्षमा सूर्यमोहन विश्वकर्मा चयन गरेको छ । 
त्यस्तै सदस्यहरुमा रुद्रलाल खड्का सुनार , रुबिन बराइली , दयाराम घिमिरे ,रामबहादुर विश्वकर्मा ,राजेश विश्वकर्मा ,राजु बराइली ,अर्जुन विश्वकर्मा ,खड्क बहादुर विश्वकर्मा ,मनु विश्वकर्मा लाई चयन गरेको छ । सल्लाहकारमा पम बहादुर विश्वकर्मा , नारायण सुनार लाई चयन गरेको र कार्यसमितिमा पछि १ सदस्य मनोनित गरिने अध्यक्ष कृष्ण बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....