हिन्दु राष्ट्र स्थापना नभए मूलूक विखण्डन हुन्छ – नेता खड्का
गोरखा , १९ फागुन ।
धर्म निरपेक्ष राष्ट्र घोषणाको विपक्षमा रहेका नेपाली कांग्रेसका खुम बहादुर खड्का सहित केन्द्रीय नेताहरुको एक टोली गोरखा पुगेर सनातन हिन्दु राष्ट्र स्थापना गरि छाड्ने उद्घोष गरेका छन ।अभियानका अगुवा कांग्रेस नेता खुम बहादुर खड्काले विपी कोइरालाको सिद्धान्त र विचार कांग्रेसको छाडेको र विदेशको इशारामा धर्म निरपेक्ष राष्ट्र घोषणा गर्ने काम भएकोले आफूहरुले यो अभियान थालेको जानकारी दिनुभयो । तत्काल केही कदम नचाले मूलूक विखण्डन हुने र युद्धको भूमरीमा फस्ने समेत बतांउनुभयो ।
कांग्रेस नेता खुम बहादुर खड्का ,लक्ष्मण घिमिरे ,चिरन्जीवि वाग्ले ,शंकर भण्डारी ,लोकेश ढकाल सहितका नेताहरुको उपस्थितीमा गोरखामा मंगलवार नेपाली कांग्रेस सनातन हिन्दु राष्ट्र स्थापना महाअभियान जिल्ला भेला सम्पन्न भएको छ ।
सोही कार्यक्रममा आफ्नो धारणा राख्दै कांग्रेस नेता लक्ष्मण घिमिरले मूस्लीम र क्रिश्चीयन राष्ट्र प्रमुखले आफ्नो भगवानको नाम लिन हुने तर नेपालको राष्ट्र प्रमुखले धर्म निरपेक्षताको भूतका कारण भगवान नाम लिन छाडेको आरोप लगाउनुभयो । सोही कार्यक्रममा बोल्दै कांग्रेसका अर्का सभाषद शंकर भण्डारीले धर्म निरपेक्ष राष्ट्र घोषणा गर्ने विषयमा कांग्रेसले कुनै पनि निर्णय नगरेको ठोकुवा गर्नुभयो । कार्यक्रममा बोल्दै सनातन हिन्दु राष्ट्र स्थापना पक्षधर कांग्रेस नेताहरुले कांग्रेसको कुनै पनि समितिमा संस्थागत निर्णय नभई नेतृत्वको व्यक्तिगत निर्णय धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएकोले राष्ट्रियता बचाउन र कांग्रेस लाई विचारको आधार सुदृढ गर्न सनातन हिन्दु राष्ट्र स्थापना हुनुपर्ने कुरामा जोड दिएका छन ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments