गोरखाको रत्नराज्यको छात्राहरुमा स्वाइन फ्लु होइन – जिल्ला स्वास्थ्य
Published Date :- March 2, 2015  On  |

गोरखा ,१८ फागुन । गोरखाको विरेन्चोक स्थित रत्नराज्य उच्च माध्यमिक विद्यालयको छात्राहरुमा देखिएको बिरामी स्वाइन फ्लु नभएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले दाबी गरेको छ । 

जिल्ला स्वास्थ्य कार्यालय गोरखाले आज एक अन्तरक्रिया कार्यक्रम गरेर आइतवार गोरखा अस्पतालमा उपचारका लागि ल्याइएको ३ छात्रामा स्वाइन ङ्खलू नभई सिजनल भाइरल भएको जनाएको छ । रुघा खोकी ,पेट दुःख्ने ,टाउको दुःख्ने र खान मन नलाग्ने लक्षण देखिए आइतवार अस्पताल ल्याइएको रत्नराज्य उच्च माध्यमिक विद्यालयका ३ जना छात्रामा स्वाइन फ्लु आशङ्का गरिएको थियो । बिरामी परेका छात्राहरु लाई अस्पतालले आइतवार नै डिस्चार्ज गरेको थियो । स्वास्थ्य अवस्थामा धेरै सुधार आएको पनि विद्यालयले जनाएको छ । विद्यार्थी बिरामी परे पछि विद्यालय प्रशासनले भने ३ दिनका लागि बन्द गरेको छ ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....