केबलकारका स्थापक श्रेष्ठको स्मृतिमा दुई शालिक स्थापना
गोरखा , २० फागुन । नेपालमा केबलकारको स्थापक तथा देशकै अहिले सम्मको एक मात्र केबलकारको सञ्चालक स्व.लक्ष्मणबावु श्रेष्ठको स्मृतिमा केबलकार दुवै स्टेशनमा श्रेष्ठको अर्धकदको शालिक स्थापना गरेको छ ।
मनकामना दर्शन प्रालिद्वारा सञ्चालित मनकामना केबलकारको चितवनको चेरेस स्थित स्टेशन र गोरखाको मनकामना स्थित माथिल्लो स्टेशनमा स्व.लक्ष्मणबावु श्रेष्ठको अर्धकदको शालिक स्मरणस्वरुप चौबिसकोठीको तर्फबाट शालिकको स्थापना गरेको हो । स्व.पारिवारिक समूह लाई चौबिसकोठी परिवार भनेर चिन्ने गरिन्छ । ढलौटबाट निर्मित ,नमस्कार गरेको अवस्थिती र सुनौलो रंगका स्व.लक्ष्मणबावु श्रेष्ठको अर्धकदको शालिकको आज एक समारोह बीच वहांका धर्मपत्नी धनकुमारी श्रेष्ठ ,छोराहरु राजुबावु , रोशनवावु र राजेशवावु श्रेष्ठले सामूहिक रुपमा अनावरण गर्नुभयो ।
गोरखा नपा –१ पोखरीथोक चौबीसि कोठीमा वि.सं. १९९४ मा प्रेमनारायण श्रेष्ठ र देवकुमारीको कोखबाट जन्मिनुभएका लक्ष्मणबावु श्रेष्ठको भारत मेदान्त सिटी अस्पतालमा उपचारको क्रममा ७४ वर्षको उमेरमा गत वर्ष निधन भएको थियो । नेपालकै पहिलो केवलकार संचालन गर्ने मनकामना केबल कार प्रा.लि., चितवन कन्स्ट्रक्सन एण्ड इञ्जिनियरिङ कम्पनी नेपाल लिमिटेड, सगरमाथा पावर कम्पनी प्रा.लि., आरबी इन्टरप्राजेज प्रा.लि., नेपाल रोपवे सिष्टम प्रा.लि.लगायतका उद्योग तथा व्यवसाय संचालन गरिरहेको चितवन कोई ग्रुपका संस्थापक अध्यक्ष , मनकामना डेभलपमेन्ट बैंकका अध्यक्ष र नेपालका लागि अष्ट्रियाको अवैतानिक महावाणिज्य दूत हुनुहुन्थ्यो । उनलाई अष्ट्रियाका राष्ट्रपतिले समेत सम्मान गरेका थिए ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments