National
»
रोट्रयाक गोरखाले मनायो स्थापना दिवस
रोट्रयाक गोरखाले मनायो स्थापना दिवस
गोरखा , २२ फागुन ।रोट्रयाक क्लब गोरखाले आफ्नो दोस्रो स्थापना दिवस मनाएको छ ।
रोट्याक क्लब गोरखाको दोस्रो वार्षिक उत्सव कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष भीमलाल श्रेष्ठले केक काटेर उद्घाटन गर्नुभयो । रोट्रयाक क्लब गोरखाका अध्यक्ष सुजन थापाको सभापतित्वमा सम्पन्न स्थापना दिवसको कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष शिव प्रसाद उप्रेती , सदस्य सन्तोष अधिकारी ,रेडियो गोरखाका नरेन्द्र ढकाल र शुरुवात दैनिकका विकास मरहठ्टा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा रोट्रयाक क्लब गोरखा अन्र्तगतका सदस्यहरुको सहभागीता रहेको थियो ।
Labels:
National
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments