कुनै पनि हालतमा संविधान बन्छ – नेता पोखरेल
गोरखा , २३ फागुन । नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं पूर्व मन्त्री शंकर पोखरेलले यही संविधानसभाले नै नेपाली जनतालाई संविधान दिने दाबी गर्नुभएको छ ।
एमाले गोरखा क्षेत्र नं ३ द्वारा आरुचनौटे गाविसको मंगलटारमा आयोजित क्षेत्रीय भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै एमाले नेता पोखरेलले जनता संग गरेको वाचा प्रति एमाले प्रतिवद्ध रहेको बताउंदै पहिलो संविधानसभा एकीकृत माओवादीको कारणले विघटन भएको दाबी गर्नुभयो । एमाले गोरखा क्षेत्र नं ३ का अध्यक्ष नारायणध्वज खड्काको सभापतित्वमा भएको कार्यक्रममा एमाले गण्डकी अञ्चल संयोजक मायानाथ अधिकारी ,एमाले वैकल्पीक केन्द्रीय सदस्य रामशरण बस्नेत ,एमाले गोरखाका सचिव कृष्ण नेपाली ,अनेमसंघका केन्द्रीय सदस्य सम्झना देवकोटा ,अखिलका केन्द्रीय सदस्य एवं प्रवक्ता आरसी लामिछाने ,एमाले धादिङ्ग क्षेत्र नं १ का अध्यक्ष कृष्ण बहादुर दाहाल लगायतले बोल्नुभएको थियो ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments