अदृश्य शक्ति खेलमा एकीकृत माओवादी – एमाले सचिव गुरुङ्ग
गोरखा , २५ फागुन । एमाले सचिव पृथ्वीसुब्बा गुरुङ्गले अदृश्य शक्तिको निर्देशनमा एकीकृत माओवादी संविधान बन्न नदिने योजनामा लागेको आरोप लगाउनुभयो ।
नेकपा एमाले गोरखा क्षेत्र नं १ को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्वोधन गर्दै सचिव गुरुङ्गले संविधान निर्माण लागि संविधानसभामै बस्नुपर्ने सडकमा गएर संविधान नबन्ने तर्क गर्नुभयो । एमालेका केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ्गको प्रमुख आतिथ्यता र गोरखा क्षेत्र नं १ का अध्यक्ष बुद्धि प्रसाद दवाडीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा एमाले गण्डकी अञ्चल संयोजक मायानाथ अधिकारी ,वैकल्पीक केन्द्रीय सदस्य रामशरण बस्नेत ,एमाले गोरखाका अध्यक्ष विशेश्वर कट्टेल ,सचिव कृष्ण नेपाली ,उपसचिव यादव बस्नेत ,अनेमसंघका केन्द्रीय सदस्य सम्झना देवकोटा लगायतले बोल्नुभएको थियो ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments