वाणिज्य संघको स्थापना दिवसमा विविध कार्यक्रम
गोरखा ,२५ फागुन ।गोरखा उद्योग वाणिज्य संघको ४२ औं स्थापना दिवसको अवसरमा आज विविध कार्यक्रम सम्पन्न भएको छ । स्थापना दिवसको अवसरमा बिहान ठूलोआंगन देखि चेम्बर मार्ग सम्म सरसफाई गरेको छ । त्यस्तै गोरखा उद्योग वाणिज्य संघले आहाले स्थित सरस्वति उच्च माविका दृष्टिविहीन विद्याथीहरु लाई दैनिक सरसफाई सामाग्री प्रदान गरेको छ ।
गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष श्रवणकुमार जोशीको सभापतित्वमा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा संघका पूर्व अध्यक्षहरु शित्तलकाजी मास्के ,इश्वरकाजी मास्के , अच्युतलाल श्रेष्ठ , निवर्तमान अध्यक्ष भगतवावु जोशी ,नेपाल पत्रकार महासंघका अध्यक्ष भीमलाल श्रेष्ठ , महिला उद्यमी विकास समिति गोरखाका अध्यक्ष विष्णु मास्के लगायतले बोल्नुभएको थियो ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments