डिस्कभर मोटरसाइकलका नयां मोडल बजार
गोरखा ,१९ फागुन । डिस्कभरका थप नयां मोडलका मोटरसाइकल बजारमा आएको छ । डिस्कभरका नयां मोडलहरुमा डिस्कभर १५० एफ (हाफफेरिङ भएको) र डिस्कभर १५०एस(स्ट्याण्डर्ड फेरिङ भएको )कम्पनीले बजारमा ल्याएको हो ।
डिस्कभर मोटरसाइकलका गोरखा स्थित अधिकृत विक्रेता सुरेन हर्ट प्रा.लि.लेमंगलवार सो दुई मोडलका मोटरसाइकल सार्वजनिक गर्नुका साथै टेष्ट ड्राइभ समेत गराएको छ । आरामदायी सवारी सुनिश्चितता ,सुरक्षित ब्रेकिङ्ग ,आर्कषक बनावट , भरपर्दाे रोड ग्रिप र कम स्पिडमा पनि पूर्ण प्रकाश लगायतका विशेषता डिस्कभरको नयाँ मोडलमा रहेको सुरेन हर्टका प्रबन्ध निर्देशक सुरेन्द्र कुँवरले जानकारी दिनुभयो । नयां आएको डिस्कभर १५० एफ को मूल्य १ लाख ९७ हजार ९ सय र डिस्कभर १५०एस को मूल्य १ लाख ९० हजार ९ सय रहेको पनि कम्पनीले जनाएको छ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments