रोटरी गोरखाले मनायो स्थापना दिवस
गोरखा , १९ फागुन । रोटरी क्लब अफ गोरखाले आफ्नो १२ औं स्थापना दिवस मंगलवार मनाएको छ । क्लबका संस्थापक अध्यक्ष शित्तलकाजी मास्केले केक काटेर स्थापना दिवस कार्यक्रम शुभारम्भ गर्नुभएको थियो ।
रोटरी क्लब अफ गोरखाका संस्थापक अध्यक्ष शित्तलकाजी मास्केको प्रमुख
आतिथ्यता र रोटरी क्लब अफ गोरखाका अध्यक्ष नकुल थापाको सभापतित्वमा भएको
स्थापना दिवसको कार्यक्रममा रोटरी क्लब इन्टरनेशनल ३२९२ जोनका एसिसटेन्ट
गर्भनर पवनरमण खनाल , नेपाल पत्रकार महासंघका अध्यक्ष भीमलाल श्रेष्ठ
,पूर्व अध्यक्षहरु दिलिप देवकोटा ,भेष बहादुर खड्का लगायतले बोल्नुभएको
थियो । स्थापना दिवसको अवसरमा रोटरी क्लब अफ गोरखाले रोटरी क्लब सदस्यहरुको
विवरण सहित रोटरी सम्वन्धी जानकारी मूलूक रोटरी डायरी समेत प्रकाशन गरेको छ
। स्थापना दिवसको अवसरमा रोटरी क्लब अफ गोरखाले पूर्व अध्यक्षहरु सम्मान
समेत गरेको छ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments