Entertainment,
Main News
»
मल्टिट्यालेन्ट ग्रुपको नववर्ष शुभकामना साँझ
मल्टिट्यालेन्ट ग्रुपको नववर्ष शुभकामना साँझ
गोरखा , २९ चैत । गोरखा मल्टिट्यालेन्ट ग्रुपको आयोजनामा शनिवार गोरखामा नववर्ष शुभकामना साँझ २०७२ सम्पन्न भएको छ । “स्वच्छ ,सफा र सुन्दर शहर– गोरखा मल्टिट्यालेन्ट रहर ” भन्ने मूल नाराका साथ उक्त साँझको आयोजना गरिएको थियो ।
शुभकामना साँभको मुख्य आर्कषणको रुपमा मन्द व्यान्डको विभिन्न सांगीतिक धुन प्रस्तुती रहेको थियो । कार्यक्रममा विभिन्न नृत्युहरु प्रस्तुत गर्नुका साथै जेम्स कोडी लगायतका गायकहरुले गीत गाएर दर्शकहरु लाई मनोरन्जन प्रदान गरेको थियो । शुभकामना साँझबाट संकलन भएको रकम बाट गोरखाको विपि चोक स्थित खोलामा पार्क तथा फूलबारी निर्माणमा खर्च गरिने गोरखा मल्टिट्यालेन्ट ग्रुपका उपाध्यक्ष साजन गुरुङ्गले जानकारी दिनुभयो ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments