मोटरसाइकलको ठोक्करबाट प्रहरी घाइते
गोरखा ,१० चैत । सडकमा आरएससी चेकिङमा बसेका एकजना प्रहरीलाई् मोटरसाइकलले ठक्कर दिदा गम्भीर घाइते भएको छ । गोरखाको हरमटारीस्थित सडकमा सवारी चेकजाँचका लागि बसिरहेको बेला लक्ष्मीबजारबाट बसपार्कतर्फ आउँदै गरेको बा ३३ प ६४५७ नंबरको मोटरसाइकलले ठक्कर दिँदा ।प्रहरी जवान नवराज गौतम घाइते हुनुभएको हो ।मोटरसाइकल चालक नेत्रबहादुर श्रेष्ठ सवार सो मोटरसाइकले ठक्कर दिँदा दाहिने खुट्टा भाँचिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।प्रहरी गौतमलाई थप उपचारका लागि अस्पतालले काठमाण्डौं लगिएको छ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments