विद्यालयलाई विदेशी सहयोग
Published Date :- March 22, 2015  On  |

गोरखा , ८ चैत । थुमी गाविस वडा नं ४ स्थित जलकुमारी निम्न माध्यामिक विद्यालयलाई अष्ट्रियाको एक संस्थाले सहयोग गरेको छ । अष्ट्रियाको ह््युमन कर्पोरेसन नामक संस्थाले ३ हजार ५ सय युरो प्रदान गरेको छ । गोरखाको उत्तरी भेगका दृष्टि विहिन र अनाथ वालवालिकालाई शिक्षा प्रदान गर्ने तथा विद्यालय स्तरोन्नति गर्ने उदेश्यले सो रकम प्रदान गरेको हो । दृष्टिविहिन छात्रावास र अनाथ छात्राबास समेत रहेको सो विद्यालयमा दृष्टिविहिन ११ जना र अनाथ १४ जना गरी जम्मा २ सय जना विद्यार्थी रहेको सो विद्यालयमा विद्यालय स्तरोन्नति गर्ने उद्धेश्यले ह््युमन कर्पोरेसन नामक संस्थाले सो रकम प्रदान गरेको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिका राम आलेको अध्यक्षतामा भएको सो कार्यक्रममा ह््युमन कर्पोरेसन नामक संस्थाका हेल्मुट र हेल्मियाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अभिभावक संघका अध्यक्ष अष्ट वहादुर थापामगर, बुद्धिजीवि नेत्र वहादुर आले, कर्मालय संस्थाका प्रमुख भगवान कार्की लगायतले मन्तव्य व्यक्त गर्नु भएको विद्यालयका शिक्षक क्षितिज आलेमगरले जानकारी दिनुभयो ।

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....