Entertainment
»
जौबारीमा गायक विरहीले नचाए
जौबारीमा गायक विरहीले नचाए
गोरखा , ८ चैत । गोरखाको जौबारी स्थित परोपकार आदर्श उच्च मावि प्राङ्गण । मञ्चमा गोरखा घर भई काठमाण्डौं बसोबास गर्दै आएका गोरखालीहरुको संस्था गोरखा काठमाण्डौं समाजका पदाधिकारीहरु आसनग्रहण ।
अनि अर्काे पंक्तिमा हारमोनियम ,किबोर्ड ,बासुरी ,मादल लिएर बसेका संगीत सहयोगीहरु । कार्यक्रम थियो गोरखा काठमाण्डौं समाजले जौबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्वुलेन्स हस्तान्तरण । अनि त्यही अचानक देखिए गायक विरही कार्की । सामान्य सम्वोधन संगै कार्कीले थालिहाले गाउन –
तिम्रै मात्र जुनकिरी लाइ रहन्छ भर
डोली चढाई जुनकिरी लैजाने रहर
घुम्तो ओढाइ जुनकिरी लैजाने रहर
गायक कार्की गायनमा साथ दिइन गायिका सरिता कार्कीले –
तिम्रै मात्र नक्कले आइरहन्छ वर
डोली चढी नक्कले गइहाल्ने रहर
घुम्तो ओढी नक्कले गइहाल्ने रहर
केहीले समय अघि बजारमा आएको जुनकिरी एल्बमको गीतले प्रस्तुत संगै कार्यक्रमको सबै माहोल नै संगीतमय बन्यो ।
कार्यक्रम हेर्न आएका दर्शन त नाँचे नै मञ्चमा रहेको अतिथिहरुले पनि ननाची सुखै पाएनन । गायक विरही कार्की कार्यक्रममा मायालु हजार ,मनकामना माई लगायतका बोलका गीतहरु गाएर दर्शकलाई भरपूर मनोरन्जन प्रदान गरेका थिए ।
Labels:
Entertainment
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments