बारपाक पुग्ने सडक अवरोध हटेपछि स्थानीय आशावादी
Published Date :- May 16, 2015  On  |

गोरखा , २ जेठ । ठूलो धनजनको क्षति हुने गरी गएको भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाक पुग्ने अवरुद्ध कच्ची मोटरबाटो खोलिए पछि राहत कार्य सहज बनेको छ ।
भूकम्प पछि गोरखाको बालुवा देखि बारपाक सम्म १५ किलोमिटर कच्ची मोटरबाटोको २५ स्थान पहिरो गएर अवरुद्ध भएकोमा नेपाली सेना तथा सडक विभागको संयुक्त पहलमा सडक सुचारु गरेको भैरबी दल गणका गणपति प्रमुख सेनानी प्रेम बहादुर थापाले जानकारी दिनुभयो ।सडकक विभागको जेसिभी लगायतका सवारी उपकरण र नेपाली सेनाका इन्जीनियरिङ्ग टिमको संयुक्त पहलमा पहिरोले अवरुद्ध सडक खुलेको हो ।सडक सुचारु भए संगै बारपाकको जनजीवन केही सहज बनेको छ । भूकम्प पछि हेलिकप्टरबाट ल्याएको राहत सामाग्री भरमा दैनिकी गुजार्दै आएको बारपाकका स्थानीयहरुले अहिले ट्याक्टर लगायतका सवारी साधनमा राहत सामाग्री ढुवानी गरिरहेका छन ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....