भूकम्प क्षतिको अवलोकनका लागि प्रधानमन्त्री कोइराला गोरखामा
गोरखा , २२ बैशाख भूकम्पबाट भएको जनधनको क्षति बारे जानकारी लिन मंगलवार गोरखा आउनुभएका प्रधानमन्त्री शुसील कोइरालाले वर्तमान विपतबाट अन्तराष्ट्रिय अनुभवको आधारमा विपत व्यवस्थापनका लागि छुट्टै मन्त्रालयको निर्माण गर्नुपर्ने कुरामा जोड दिनुभएको छ ।
प्रधानमन्त्री कोइरालाले सबै एक जुट भएर विपतको सामना गर्नुपर्ने बताउंनुभयो । हेलिकप्टरबाट गोरखा आउनुभएका प्रधानमन्त्री कोइरालाले जिल्ला स्थित कार्यालय प्रमुख तथा राजनितिक दललाइ सम्वोधन गर्दै भूकम्प पीडितहरु लाई राहत तथा क्षति पुगेका संरचनाको पुर्ननिमाणका लागि सरकारले राहत कोष खडा गरेको पनि जानकारी दिनुभयो । प्रधानमन्त्री कोइराला ,नेपाली सेनाका प्रधानसेनापति गौरब सम्शेर जबरा लगायत सहभागी टोलीले गोरखाको बारपाक ,लाप्राक लगायतको क्षेत्रको स्थलगत अवलोकन समेत गर्नुभएको स्थानीय प्रशासनले जनाएको छ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments