भूकम्पमा मर्नेको संख्या गोरखामा चारसय भन्दा बढी
Published Date :- April 30, 2015  On  |

गोरखा ,१८ बैशाख । गोरखा केन्द्र विन्दु बनाएर गत शनिवार गएको भूकम्पमा ज्यान गुमाउने संख्या ४ सय ७ जना पुगेको छ । ज्यान गुमाउने ४ सय ७ मध्ये ३ सय ४० को सनाखत भएको र ६७ जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 
मृत्यु हुनेमा एकसय २८ जना महिला ,एकसय १६ जना पुरुष ,५० बालक र बालिका ४६ जना रहेका छन । गोरखा जिल्लाभरी ६६ हजार ५ सय १६ घरधुरी ४३ हजार ९ सय २९ घरधुरी क्षतिग्रस्त भएको जिल्लास्तरीय विपत व्यवस्थापन समितिले संकलन गरेको प्रारम्भीक तथ्याङ्कमा उल्लेख छ । त्यस्तै उत्तरी गोरखाका ल्हो ,प्रोक ,सामागाउँ ,विही लगायतका गाविसहरुमा क्षति पुगेता पनि बुधवार सम्म हेलिकप्टरबाट उद्धार हुन सकेको छैन ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....