अस्पतालमा बच्चा जन्माएर आमा फरार
गोरखा,२० असार । गोरखा अस्पतालमा एक युवतीले छोरी जम्माए पछि आइतवार छोरी छाडेर फरार भएकी छिन । गोरखा अस्पतालमा आइतवार अपरान्ह छोरी जन्माएकी एक युवती
बच्चा छाडेर भागेकी छिन ।
व्यथा लागे पछि मध्यान्ह १२ बजे अस्पतालको इमरजेन्सीमा आइपुगेकी १८ वर्षीय युवतीले बच्चा जन्माएको २ घण्टा पछि शौचालय जान्छु भन्दै भागेकी अस्पतालले जनाएको छ । बच्चीको तौल १ किलो रहेको अहिले उनलाई बेबी बक्समा राखिएको छ । अस्पतालमा उनले आफ्नो नाम सृजना बाँनिया र घर फिनाम अस्पतालमा लेखाएकी डिउटीमा रहेकी अनमी ज्योतिका श्रेष्ठले बताइन ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments