जन्मिए लगत्तै बेवारिस बनेको बच्चीको मृत्यु
Published Date :- July 6, 2015  On  |

गोरखा , २१ असार । अस्पतालमा जन्माएको केही बेर पछि नै आमा फरार भएको बच्चीको सोमवार बिहान मृत्यु भएको छ । 
 अस्पताल आएकी गोरखा फिनाम घर र आफ्नो नाम सृजना बांनिया बताउंने एक युवतीले आइतवार दिउंसो  अस्पतालमा छोरी जन्माएर फरार भएकी थिइन । जन्मिए लगत्तै आमा भागे पछि बेवारिस बनेकी ति बालिका लाई थप स्याहारका लागि जिल्ला बालकल्याण समिति गोरखाको पहलमा आइतवार नै काठमाण्डौं स्थित कान्ती बाल अस्पताल लगिएको सोमवार बिहान बालिकाको मृत्यु भएको स्रोतले जनाएको छ ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....