बावुरामको सहयोगबाट विपदबारे पत्रकार अन्तरक्रिया
Published Date :- July 12, 2015  On  |

गोरखा , २७ असार । नेपाल पत्रकार महासंघ गोरखाको विपद पुर्ननिर्माण र हाम्रो भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गोरखा क्षेत्र नं १ का सभाषद एवं पूर्व प्रधानमन्त्री डा.बावुराम भट्टराईको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत क्षमता अभिवृद्धिका लागि महासंघ लाई प्राप्त आर्थिक सहयोग अन्र्तगत आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले पुर्ननिर्माणलाई पारदर्शि र एकता बद्ध भएर अघि बढाउनुपर्ने कुरामा जोड दिएका छन । 
नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष भीमलाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पत्रकार किशोरजंग थापाले विषयवस्तु माथी प्रकाश पार्नुभएको थियो । कार्यक्रममा गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धव प्रसाद तिमल्सेना ,नेपाली कांग्रेसका उपसभापति मोहनप्रकाश पोखरेल ,एमालेका कार्यवाहक अध्यक्ष विशेश्वर कट्टेल ,एकीकृत माओवादीका लेख बहादुर थापा ,नेकपा माओवादीका नारायण अधिकारी ,राप्रपा नेपालका शंकर अधिकारी ,संघीय समाजवादी फोरमका सुकदेव तामाङ ,परिवार दलका कृष्णगोपाल बञ्जारा , विश्व खाद्य कार्यक्रमका प्रतिनिधि सुबास सिंह ,गैसस महासंघका अध्यक्ष काजीराम रोका लोकतान्त्रिक गैससका रबिकला खनाल, अधिवक्ता स्थानेश्वर दुवाडी ,जेष्ठ नागरिक जिल्ला संघका अध्यक्ष मोहनलाल श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....