बेलायती राजदुतद्वारा बारपाक र लाप्राकको भ्रमण
गोरखा , २८ साउन । नेपालका लागि बेलायती राजदुत जोन एन किन सहित बेलायती सहयोग नियोगका प्रतिनिधि सहितको एक टोलीले गत बैशाख १२ गतेको भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकको आज स्थलगत अवलोकन गरेको छ ।
बेलायती राजदूत किन् , बेलायती सहयोग नियोग -युके एड_का प्रमुख जेल मार्टिजी सहितको एक प्रतिनिधि मण्डल हेलिकप्टरबाट बारपाक र लाप्राक गाविस पुगेर भूकम्प पछिको अवस्था जानकारी लिएको हो । स्थगलत भ्रमण पछि गोरखा सदरमुकाम आउनुभएका बेलायती राजदूत किन्ले भूकम्प पछि बारपाक र लाप्राकको जनजीवन कष्टकर रहेकोले नेपाल सरकार संग सहकार्य गरेर भूकम्पपीडित सहयोग गर्न बेलायत सरकार तयार रहेको प्रतिक्रिया दिनुभयो । फिस्टेल एयरको हेलिकप्टरबाट लाप्राक र बारपाक पुग्नुभएका बेलायती राजदूत किन् नेतृत्वको टोलीले स्थानीय संग भेटेर अहिले बसोवासको अवस्था र समस्याहरु बारे जानकारी लिएको थियो ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments