सुचनाको हक कार्यान्वयन गर्नुस – आयोगका अध्यक्ष दाहाल
गोरखा ,३ भदौं । उच्चस्तरीय प्रशासनिक सुधार अनुगमन आयोगका अध्यक्ष काशीराज दाहालले सुचनाको हक कार्यान्वयन सन्दर्भमा जिम्मेवार हुन सरकारी कर्मचारीहरु लाई निर्देशन दिनुभएको छ ।
राष्ट्रिय सुचना दिवसको अवसरमा जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयको सहयोग तथा नेपाल पत्रकार महासंघ गोरखाको आयोजना भएको “सुचना हक कार्यान्वयनको वर्तमान अवस्था” विषयक अन्तरक्रिया कार्यक्रममा सुचना हक सम्वन्धी ऐन तथा नियमावली मस्यौदा समितिका तत्कालिन संयोजक समेत रहनुभएका आयोगका अध्यक्ष दाहालले सो कुरा बताउनुभएको हो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष भीमलाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा ऐनकै मस्यौदाकार पत्रकार बबिता बस्नेत ,प्रमुख जिल्ला अधिकारी उद्धव प्रसाद तिमल्सेना ,स्थानीय विकास अधिकारी प्रेमराज गिरी ,नेपाली कांग्रेसका राजनराज पन्त ,एमालेका कार्यवाहक अध्यक्ष विशेश्वर कट्टेल ,नेकपा माओवादी नारायण अधिकारी , अधिवक्ता स्थानेश्वर दुवाडी लगायतले बोल्नुभएको थियो ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments