क्यान गोरखाको अध्यक्षमा प्रधान
Published Date :- October 17, 2015  On  |

गोरखा ,३० असोज । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान )फेडरेशन गोरखाको विशेष अधिवेशनले शिशुवावु प्रधानको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको छ । 
विशेष अधिवेशनले उपाध्यक्षमा प्रेमध्वज थापामगर ,सचिवमा योङ्ग कुमार श्रेष्ठ ,सहसचिवमा सुदिप कोइराला , कोषाध्यक्षमा अमृत बोगटी सदस्यहरुमा सदस्यहरु सुमन कार्की ,अस्मक बावु श्रेष्ठ ,बावुराम तिवारी र सुरेश अर्याल लाई चयन गरेको हो । यसअघि अधिवेशनबाट अध्यक्षतामा चयन हुनुभएका अशोक रानामगर क्यान फेडरेशनको केन्द्रीय सदस्यतामा चयन हुनुभए पछि विशेष अधिवेशनको आयोजना गरेको हो ।

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....