प्रहरी दिवसमा विविध कार्यक्रम
Published Date :- October 17, 2015  On  |

गोरखा ,३० असोज । प्रहरी दिवस २०७२ को अवसरमा गोरखामा पनि विविध कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजनामा आज कार्यालय परिसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
 जिल्ला न्यायधीश ओम प्रसाद अर्यालको प्रमुख आतिथ्यता र प्रहरी नायब उपरीक्षक वसन्त रजौरेको सभापतित्वमा भएको कार्यक्रममा गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धव प्रसाद तिमल्सेना , नेपाली कांग्रेसका सभापति हरि बहादुर घले ,एमाल उपसचिव बुद्धि प्रसाद दवाडी ,एकीकृत माओवादी जिल्ला इन्र्चाज अमर तमु ,नेकपा माओवादी सचिव परशुराम रम्तेल ,नेपाल पत्रकार महासंघका अध्यक्ष भीमलाल श्रेष्ठ ,गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष श्रवण कुमार जोशी लगायतले बोल्नुभएको थियो । प्रहरी दिवसको अवसरमा आयोजित व्याटमिन्टन ,टेबल टेनिस प्रतियोगिताका विजयी तथा कर्तव्य पालनामा उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....