एमाले गोरखाको अध्यक्षमा गुरुङ्ग
गोरखा , २५ असोज । एमाले जिल्ला कमिटि गोरखाको अध्यक्षमा प्रेम बहादुर गुरुङ्ग निर्वाचित हुनुभएको छ ।
गुरुङ्गले एकसय ३० र अध्यक्षका अर्का प्रत्यासी विशेश्वर कट्टेल ९२ मत प्राप्त गर्नु भएको थियो । अधिवेशनबाट निर्वाचित अध्यक्ष रामशरण बस्नेत बैकल्पीक केन्द्रीय सदस्य हुनुभए पछि एमाले उपाध्यक्ष विशेश्वर कट्टेलले कार्यवाहक अध्यक्षको जिम्मेवारी बहन गर्दै आउनुभएको थियो । त्यस्तै उपाध्यक्ष पदका लागि भएको मतदानमा यादव बस्नेत र उपसचिवमा बुद्धि प्रसाद दवाडी निर्वाचित हुनुभएको छ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments