Entertainment,
National
»
गोरखा दरबारमा फूलपाति भित्राइएको
गोरखा दरबारमा फूलपाति भित्राइएको
गोरखा , ३ कात्तिक । बडा दशैंको फूलापातीको अवसरमा गोरखादरबार पनि फूलापती भित्राइएको छ । मगरजातिका भिरकोटे र भित्रियाहरुले गोरखाको पस्लाङ्ग, अमराई, दरौदी फांट नजिकको जंगलबाट ल्याएर पोखराथोक चौतारामा राखेको फूलपातीको बाजागाजा सहित कल्सेनी ,मग्लेनी सहितको टोलीले मालश्री गीत गाउंदै बाजागाजा सहित गोरखाकै पोखराथोक चौताराबाट लगेको फूलापती गोरखादरबारको दशैंघरमा घाम अस्ताउने सांझ भित्राइएको हो ।
नेपालको एकीकरण संगै राजधानी काठमाण्डौंमा सारिए पछि गोरखाबाट काठमाण्डौं फूलपाती लाने परम्पराको शुरुवात भएको थियो । विगतमा गोरखाबाट बोकेर फूलपाति धादिङ्गको जीवनपुरमा पु¥याउने र काठमाण्डूबाट आएका गुरुज्यूको पल्टन सहितको टोलीले हनुमानढोकामा लगेर भित्राउने चलन रहेकोमा लोकतान्त्रिक गणतन्त्रको घोषणा पछि यातायतको साधनमा फुलपाति काठमाण्डौं लाने गरेको थियो ।
गोरखा काठमाण्डौं फूलपाति लैजाने परम्परा स्वरुप यसवर्ष मोटरसाइकलमा फूलपाती काठमाण्डौं पठाएको छ । गोरखा दरबार हेरचाह अड्डा यसवर्ष काठमाण्डौं फूलपाती नपठाउने तरखरमा भए पनि विभिन्न सञ्चार माध्यम समाचार प्रशारण भए पछि प्रमुख जिल्ला अधिकारी उद्धव प्रसाद तिमल्सेनाको निर्देशनमा अपरान्ह ३ बजेर ४० मिनेटमा बा.५३.प४७९६ नम्वरको मोटरसाइलमा गोरखाबाट फूलपाती लगेको हो ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments